• Saturday, June 21, 2025

बबरमहलमा यातायात व्यवसायीहरूको प्रदर्शन


यातायात व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। 
आइतबार काठमाडौंको माइतीघरमा जम्मा भएका यातायात व्यवसायीहरूले माइतीघर-बबरमहल सडकमा प्रदर्शन गरेका हुन्। 
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको थियो। 
८ वटा संघ/संगठनले १९ गतेदेखि देशभरि अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका पनि छन्। 
यातायात व्यवसायीहरूले सात बुँदे माग अघि सारेका छन्। 
उनीहरूले सवारी ऐनको व्यवस्थासँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याएका नियमहरू खारेज गर्न माग गरेका छन्।

विशेषगरी, गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट) सञ्चालनका लागि ल्याएको नियमावली तत्काल खारेज गर्नुपर्ने उनीहरूको माग छ।
यो नियमावलीले सार्वजनिक यातायातलाई असर पारेको व्यवसायीहरूले बताएका छन्।


Please Login to comment in the post!

you may also like