• Saturday, June 21, 2025

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा कास्कीमा रुद्रादेवी शर्मा


गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरका सीडीओहरू परिवर्तन गर्ने निर्णय गरेका हुन्। सरुवा सूचीअनुसार मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ। त्यस्तै, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथरमा सरुवा गरिएको छ। कास्कीको हकमा भने बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पठाइएको छ, जबकि कास्कीका हालका सीडीओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ।

Please Login to comment in the post!

you may also like