• Thursday, March 5, 2026

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त


सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठलाई पनि नियुक्त गरेको छ ।

नव–नियुक्त उपाध्यक्ष डा. श्रेष्ठ विकास योजना, सार्वजनिक नीति र आर्थिक रणनीतिका क्षेत्रमा अनुभवसम्पन्न विज्ञका रूपमा परिचित छन् । आयोगमा उनको नियुक्तिसँगै दीर्घकालीन विकास रणनीति, योजनाको कार्यान्वयन तथा नीतिगत समन्वयमा थप प्रभावकारिता आउने सरकारको अपेक्षा रहेको छ ।त्यसैगरी आयोग सदस्यमा नियुक्त प्रा.डा. सुनिती श्रेष्ठ शिक्षण, अनुसन्धान तथा नीतिगत अध्ययनको क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । राष्ट्रिय योजना आयोगमा उनको भूमिकाले समावेशी विकास, सामाजिक क्षेत्र तथा मानव विकास सूचक सुधारमा योगदान पुग्ने विश्वास गरिएको छ ।सरकारले हालै योजना आयोगको संरचना पुनःव्यवस्थित गर्दै विकास योजनालाई परिणाममुखी बनाउने नीति लिएको छ । सोही सन्दर्भमा आयोगको नेतृत्व र सदस्यहरूमा नयाँ नियुक्ति गरिएको जनाइएको छ ।

Please Login to comment in the post!

you may also like