• Saturday, June 21, 2025

काङ्ग्रेसको कार्यक्रममा झडप,उद्दारको लागि फिस्टेलको हेलिकप्टर गाल्पामा


नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका छन् भने केहीलाई कार्यकर्ताले लखेटेका छन् खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि कार्यक्रम स्थगित भएको छ ।

भागेका केही नेता फिस्टेल एयरको हेलिकोप्टर 9N-AJR मगाएर काठमाडौं फर्किदैछन् भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षितरुपमा मन्थली लगेको छ ।
अधिवेशनमा आसनग्रहणको विवाद भएर कुटपिटमा परिणत भएको जानकारी आएको रामेछापका डिएसपी प्रदिपकुमार सिंहले नेपाल प्रेसलाई बताए । उनका अनुसार जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका छन् ।

मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार थिए भने हाल कांग्रेस वागमती प्रदेश सदस्य हुन् । कार्यकर्तालाई भेदभाव गरेको आरोप लगाउँदै महाधिवेशन प्रतिनिधि भरत चौलागाई र जिल्ला कार्य समितिका उपसभापति नवराज थोकरलाई आक्रोशित कार्यकर्ताले गाल्बाबाट लखेटेका छन् ।

लखेट्नेक्रममा ढुंगामुढा भएको थियो भने कुटाइबाट केही नेता रक्तामत्य भएका छन् । चौलागाई र थोकरप्रति पहिलेदेखि नै कार्यकर्ता असन्तुष्ट रहेको र लोकप्रिय व्यक्तिलाई नेतृत्व नस्वीकार्ने भनेपछि विवाद बढेको कार्यक्रमका एक सहभागीले बताए । कुटाकुटपछि कार्यक्रम स्थगित भएको छ ।

Please Login to comment in the post!

you may also like