• Tuesday, March 3, 2026

२५ दिनपछि प्रभु बैंकका सीईओ अशोक शेरचन थुनामुक्त, अब थुनाबाहिरै राखेर अनुसन्धान


काठमाडौं। बैंकिङ कसुर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन २५ दिनपछि थुनामुक्त भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयको आदेशअनुसार उनलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्ने निर्णयसहित रिहा गरेको हो।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार अनुसन्धानको प्रारम्भिक चरण पूरा भइसकेको र थुनामै राखेर अनुसन्धान गर्नुपर्ने कानुनी म्याद सकिन लागेकाले शेरचनलाई हिरासतबाट छोडिएको हो।

‘हामीले उहाँलाई तीनवटा बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पटक–पटक म्याद थप गरी हिरासतमा राखेका थियौं,’ प्रवक्ता श्रेष्ठले बिज्नेसप्रेसलाई भने, ‘तर सरकारी वकिल कार्यालयमार्फत म्याद थपको प्रक्रियामा जाँदा अहिलेको अवस्थालाई हेरेर थुनाबाहिरै राखी अनुसन्धान अगाडि बढाउने आदेश तथा सहमति प्राप्त भएपछि उहाँलाई रिहा गरिएको हो।’

सीआईबीले अब शेरचनलाई थुनाबाहिरै राखेर थप अनुसन्धान अघि बढाउने जनाएको छ। अनुसन्धानका क्रममा आवश्यक परेमा उनीमाथि थप बयान लिने तथा अन्य कानुनी प्रक्रिया अघि बढाइने सीआईबीको भनाइ छ।

Please Login to comment in the post!

you may also like