गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले सरकारले कुनै पनि अवस्थामा द्वन्द्व हुन नदिने स्पष्ट रणनीतिका साथ निर्वाचनको तयारी अघि बढाइरहेको जानकारी दिए।
उनले भने, “हाम्रो मूल लक्ष्य देशलाई संकटपूर्ण अवस्थाबाट बाहिर निकाल्दै शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भय प्रतिस्पर्धामार्फत निर्वाचन सम्पन्न गर्नु हो। संसद् विघटन भएको छ महिनाभित्र चुनाव गरिनुपर्ने संवैधानिक जनादेशअनुसार सुरक्षा चुनौतीलाई सुदृढ बनाउँदै निर्वाचन सम्पन्न गरिन्छ।”