• Tuesday, March 3, 2026

जेनजी आन्दोलनपछि ५१ सरकारी भवन पूर्णक्षति, पुसभित्र पुनर्निर्माण टेण्डर गरिने


काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट देशभर ४४० वटा सरकारी भवन प्रभावित भएका छन्, जसमध्ये ५१ वटा भवन पूर्णरूपमा क्षति भएका छन्। अन्तरिम सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आन्दोलनका कारण ठूलो संख्यामा सरकारी भौतिक संरचना नोक्सान भएको जानकारी दिएका छन्।

मन्त्री घिसिङका अनुसार सामान्य क्षति पुगेका १४० वटा भवनलाई हरियो स्टिकर, आंशिक क्षति भएका २४९ वटा भवनलाई पहेँलो स्टिकर र पूर्णक्षति भएका ५१ वटा भवनलाई रातो स्टिकर लगाएर वर्गीकरण गरिएको छ।

पूर्णरूपमा क्षति भएका भवनको मूल्यांकन सरकारी निकायका परामर्शदातामार्फत फास्ट ट्र्याकमा भइरहेको र आगामी पुसभित्र पुनर्निर्माणका लागि टेण्डर प्रक्रिया सुरु गर्ने तयारी मन्त्रालयले गरिरहेको उनले बताए।

Please Login to comment in the post!

you may also like