• Thursday, March 5, 2026

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज


त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) काठमाडौंमा सम्पन्न हुँदैछ। विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्दै दीक्षान्त आयोजना गरिएको हो।

समारोहका प्रमुख अतिथि सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी प्राध्यापक ताकाआकी काजिता रहने छन्, जो हाल टोकियो विश्वविद्यालयमा आबद्ध छन्। उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्तका लागि मण्डप निर्माण, दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसपटक १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् भने विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ। विश्वविद्यालयका विभिन्न तहबाट ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएकामध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका छन्। कार्यक्रममा विभिन्न सङ्काय र तहमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिनेछ।

Please Login to comment in the post!

you may also like