• Saturday, October 18, 2025

चिनियाँ मौनताले लिपुलेक विवादलाई थप शंकास्पद बनायो


भारत–चीनबीचको लिपुलेक सम्झौताप्रति नेपालले बारम्बार आपत्ति जनाउँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै चीनका राष्ट्रपति सी चिनफिङलाई प्रत्यक्ष भेटेर मुद्दा उठाए पनि, चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा लिपुलेकको प्रसंग पूर्ण मौनतासहित बेपत्ता भयो।यसरी नेपालले उठाएको गम्भीर सीमासम्बन्धी विषयमा चीनले कुनै प्रतिक्रिया नदिँदा राजनीतिक तथा कूटनीतिक विश्लेषकहरूबीच ठूलो प्रश्न उठेको छ। कतिपयले चीनले भारतसँगको सम्बन्धलाई ध्यानमा राखेर मौनता अपनाएको अन्दाज गरे भने, कतिपयले नेपालसँगको विश्वासमै चिरा परेको संकेत देख्छन्।

नेपालको स्पष्ट अडान

नेपालले बारम्बार लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भूभाग भएको दाबी गर्दै २०७७ सालमा नयाँ नक्सा प्रकाशित गरेको थियो। संविधानमै ती भूभागलाई समेटेर नेपालको सार्वभौमिक अधिकारलाई स्थापित गर्ने प्रयास भएको थियो।प्रधानमन्त्री ओलीले भेटमा सोही आधारमा लिपुलेक सम्झौतामाथि आपत्ति प्रकट गरेका हुन्।

चिनियाँ मौनता र शंका

तर, चीनले आफ्नो विज्ञप्तिमा केवल नेपालले “वन–चाइना नीतिप्रतिको प्रतिबद्धता” र बीआरआइ परियोजनामा सहयोग गर्ने आश्वासन मात्र उल्लेख गर्‍यो।लिपुलेक प्रसंगबारे कुनै शब्द प्रयोग नगरेपछि  प्रश्नहरू उब्जिएका छन्। के चीनले भारतसँगको रणनीतिक सम्बन्धलाई ध्यानमा राखेर नेपालका गुनासो अनदेखा गरिरहेको हो?के नेपालले उठाएको विषयलाई चीनले गम्भीर मान्दैन?वा चीनले यो विवादलाई भविष्यमा भारत–नेपालबीच समाधान गर्ने एजेन्डा ठानेर मौन कूटनीति अपनाइरहेको हो?विश्लेषकहरूको भनाइमा, नेपालले आफ्नो सीमासम्बन्धी प्रश्नमा दृढ अडान लिनै पर्छ, चाहे भारतसँग होस् वा चीनसँग। तर चीनले सार्वजनिक रूपमा लिपुलेक मुद्दामा केही नबोल्दा नेपाल–चीन सम्बन्धमा विश्वासको संकट देखापर्ने सम्भावना बढेको छ।

Please Login to comment in the post!

you may also like