काठमाडौं— टर्किस एयरलाइन्सको काठमाडौं–इस्तानबुल नियमित उडान आज स्थगित गरिएको छ। इस्तानबुलबाट आज बिहान काठमाडौं अवतरण गरेको बिमानमा प्राविधिक समस्या देखिएपछि, सोही बिमानको फर्कने उडान स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।एयरलाइन्सका अनुसार बिमानमा देखिएको समस्या समाधान गर्न प्राविधिक टोली परिचालन गरिएको छ। सुरक्षालाई मध्यनजर गर्दै समस्या पूर्णरूपमा समाधान नभएसम्म उडान नहुने टर्किस एयरलाइन्सले स्पष्ट पारेको छ।
उक्त समस्या समाधान नभएसम्मको लागि, आज इस्तानबुल जानका लागि टिकट लिएका यात्रुलाई अन्य वैकल्पिक वायुसेवा प्रयोग गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको टर्किस एयरलाइन्सले जानकारी दिएको छ।