“भाइटीका लगाउनुस् न त भनेर प्रहरी अधिकारीले भन्नुभयो,” नेपालले बताए। “तिहारको बेला छ, तिहार मनाउनुहुन्छ कि? भनेर सोध्नुभयो। मैले भनेँ— ठीकै छ, दिदीबहिनीको हातबाट भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, आज लक्ष्मीपूजा छ गर्छु, तर आउनुपर्छ भने आउँछु। उहाँले भन्नुभयो— ठीकै छ, तिहार मनाउनोस् न त।”स्वागत नेपाल यसअघि पनि १५ चैतमा राजावादी आन्दोलनकै क्रममा पक्राउ परेका थिए। उनी सामाजिक सञ्जालमा सक्रिय हुँदै आफ्ना विचारहरू सार्वजनिक गर्दै आएका छन्।यस घटनाले अभिव्यक्ति स्वतन्त्रता र साइबर अपराधबीचको सन्तुलनबारे पुनः बहस सुरु गराएको छ।