• Friday, October 17, 2025

अमेरिकामा एच–१बी भिसा शुल्क एक लाख डलर पुग्यो


काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसा कार्यक्रमअन्तर्गतको आवेदन शुल्कलाई पूर्ववत् १५०० डलरबाट बढाएर १ लाख डलरसम्म पुर्याउने आदेश जारी गरेका छन्। राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा हस्ताक्षर भएसँगै अब आवेदकले थप एक लाख डलर शुल्क तिर्नुपर्ने प्रावधान लागू हुनेछ।

एच–१बी भिसा कार्यक्रम विदेशी दक्ष कामदारलाई अमेरिकी उद्योगमा ल्याउनका लागि प्रयोग हुँदै आएको छ। तर, यस कार्यक्रमको दुरुपयोग भएको भन्दै शुल्क नतिरेसम्म प्रवेशमा प्रतिबन्ध लगाइने नयाँ व्यवस्था गरिएको छ।

उच्च शुल्क वृद्धिले भारतलगायतका मुलुकका दक्ष कामदारलाई ठूलो असर पर्ने अनुमान गरिएको छ। अमेरिकामा भारतीय आईटी कामदारको ठूलो हिस्सा रहेको छ।

यसबीच, राष्ट्रपतिले निश्चित आप्रवासीका लागि भिसा प्रक्रिया छिटो बनाउन ‘गोल्ड कार्ड’ व्यवस्था गर्ने आदेश पनि गरेका छन्, जसको शुल्क १० लाख पाउन्डबाट सुरु हुनेछ।

अमेरिकी नागरिकता र आप्रवासन सेवाको तथ्यांकअनुसार आगामी आर्थिक वर्षका लागि एच–१बी भिसा आवेदन ३ लाख ५९ हजारमा झरेको छ, जुन पछिल्ला चार वर्षकै सबैभन्दा कम हो। साना व्यवसाय र स्टार्टअपमा यस निर्णयले नकारात्मक असर पार्ने कानूनी विज्ञहरूले बताएका छन्।


Please Login to comment in the post!

you may also like