• Sunday, October 19, 2025

एमाले नेताहरूको राष्ट्रपतिसँग भेट : अन्तरिम सरकारप्रति चासो


काठमाडौं- जेनजी आन्दोलनपछि करिब दुई साता मौन बसेका नेकपा एमालेका शीर्ष नेताहरूले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी राजनीतिक समीक्षा गरेका छन्। वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले शीतल निवास पुगेर अन्तरिम सरकारले राजनीतिक दलहरूलाई किनारीकरण गरेको भन्दै चिन्ता व्यक्त गरे।नेताहरूले संविधान र लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने बताए। "लोकतन्त्रमा दलहरूलाई बेवास्ता गरेर प्रक्रिया अघि बढाउनु स्वस्थ हुँदैन," वरिष्ठ उपाध्यक्ष पोखरेलले भने। उनीहरूले घोषित मितिमा निर्वाचन गर्न सहयोग गर्ने, तर सरकारले चुनाव नहुने वातावरण बनाए मान्य नहुने धारणा राखे।

राष्ट्रपति पौडेलले कठिन परिस्थितिमा संविधानको रक्षा गर्दै निर्वाचनको ढोका खोलेको बताउँदै दलहरूलाई कमजोरी सुधारेर अघि बढ्न सुझाव दिए। उनले लोकतन्त्रमा दलहरूको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए।एमालेले हालैका घटनाक्रममा षड्यन्त्रको भूमिका रहेको विश्लेषण गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बालुवाटारमै मार्ने योजना भएको दाबी गरेका छन्।

Please Login to comment in the post!

you may also like