• Thursday, April 9, 2026

इजरायलस्थित नेपाली दूतावासको अत्यन्त जरुरी सूचना: संयम, सतर्कता र सुरक्षामा ध्यान दिन आग्रह


काठमाडौ। इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै संयमित, सतर्क र सुरक्षित रूपमा बस्न आग्रह गरेको छ। दूतावासले मंगलबार “अत्यन्त जरुरी” सूचना जारी गर्दै आठ बुँदामा आधारित महत्वपूर्ण निर्देशनहरू सार्वजनिक गरेको हो।

दूतावासका अनुसार आपतकालीन अवस्थामा सहयोग आवश्यक परेमा द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ (+९७२–५३५३६०७४८) र तृतीय सचिव सञ्ज कुमार शाह (+९७२–५४५५८२०७७) लाई सिधै मोबाइलमार्फत सम्पर्क गर्न सकिनेछ।

जारी सूचनामा इजरायल सरकार तथा त्यसका आधिकारिक निकायहरू, विशेष गरी होम फ्रन्ट कमाण्डबाट आउने निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न जोड दिइएको छ। अलर्ट एसएमएस प्राप्त भएमा वा साइरन बजेमा कुनै ढिलाइ नगरी नजिकको बम सेल्टरमा तुरुन्तै आश्रय लिन पनि आग्रह गरिएको छ।

त्यस्तै, सबै नेपाली नागरिकलाई राहदानी, परिचयपत्र, सवारी चालक अनुमति पत्र, बैंक कार्डलगायत आवश्यक कागजात सधैं साथमा राख्न तथा विकसित घटनाक्रमबारे नियमित रूपमा जानकारी अपडेट राख्न सुझाव दिइएको छ।

दूतावासले सामाजिक सञ्जालमा प्रसारित युद्धसम्बन्धी सामग्री अनावश्यक रूपमा सेयर नगर्न, साथै परिवार, साथीभाइ र आफन्तसँग निरन्तर सम्पर्कमा रहन पनि विशेष अनुरोध गरेको छ।

Please Login to comment in the post!

you may also like