• Saturday, October 18, 2025

काठमाडौंमा दुई महिनासम्म भेला, प्रदर्शन र जुलुसमा रोक


काठमाडौं, ३ कात्तिक २०८२ - जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी दुई महिनासम्म विभिन्न स्थानमा भेला, प्रदर्शन, धर्ना, जुलुस र सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने उल्लेख छ।आदेशमा उत्तेजित भिडबाट तोडफोड, आगजनीजस्ता अवाञ्छित गतिविधि, आपसी मुठभेड, भिडन्त वा अशान्ति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको जनाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम यो निषेधाज्ञा आजदेखि लागू हुने गरी जारी गरिएको हो।निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा राष्ट्रपति कार्यालय शीतल निवास, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअगाडिको चोकदेखि सामाखुशी खोलासम्म, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, केशरमहल चोकदेखि मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, जिल्ला अदालतको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालयको उत्तरतर्फको मोडसम्म, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रियसभा अध्यक्षको निवास, प्रधानन्यायाधीश निवास र राष्ट्रबैंक चोकदेखि पूर्वतर्फको १०० मिटर सडक समावेश छन्।

सिंहदरबार वरपरका निषेधित क्षेत्र

  • भद्रकाली मन्दिर (तीनकुने आइल्याड)को पूर्वी कुनादेखि सिंहदरबार मूल गेटसम्म
  • सिंहदरबार मूल गेटअगाडिदेखि पद्मोदय माविको मोडसम्म
  • पद्मोदय मोडदेखि महालेखा परीक्षक कार्यालय हुँदै अनामनगरतर्फ जाने उत्तरपूर्वी मोडसम्म
  • सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म
  • सिंहदरबार मूल गेटदेखि सर्वोच्च अदालतअगाडि हुँदै पुरातत्व विभागको चोकसम्म
  • पुरातत्व विभागको चोकदेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म

जिल्ला प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न र सम्भावित अशान्ति रोक्न यो कदम चालिएको जनाएको छ। यो आदेश आगामी दुई महिनासम्म लागू रहनेछ।

Please Login to comment in the post!

you may also like