• Sunday, October 19, 2025

सागर ढकाल लेख्छन् : यस्तो सरकार ६ महिना होइन ५ वर्ष टिकाउनु पर्छ


सागर ढकाल लेख्छन् : यस्तो सरकार ६ महिना होइन ५ वर्ष टिकाउनु पर्छ

हामीले साँच्चै नै देश कायापलट गर्ने हो भने यस्तो सरकार ६ महिना होइन ५ वर्ष टिकाउनु पर्छ। बल्ल चिन वा सिंगापुरको मन्त्री परिषद् र हाम्रो मन्त्री परिषद्को योग्यता मिल्दो जुल्दो भयो। सायद यो इतिहासमा विशुद्ध नागरिकको बलमा कहिल्यै बनेको थिएन। मात्र कुरा रह्यो - यस्तो सरकार ६ महिना पछि पनि कसरी बनाउने र कसरी टिकाउने ?

यदि यो सरकार ५ वर्ष टिक्ने ग्यारेन्टी हुने हो भने अबको ५ वर्ष नै म सोसियल मिडिया पूर्ण डिएक्टिभेट गरेर काममा फर्किन्छु - जुन दिन प्रधानमन्त्रीले मेरो अनुभव र योग्यता डेलिभरी गर्न सक्ने देख्नुहुन्थ्यो त्यो दिन जिम्मेवारी लिने थिए। मेरो इन्जिनियरिङ कामको डेलिभरी र सोसियल मिडियाको लाइक, कमेन्ट वा पार्टी सङ्गठन विस्तारसँग कहीँ कतै केही सम्बन्ध नै छैन। जबरजस्ती चुनाव जित्न यो सब गर्नु पर्ने हो। दसकौँ देखि चुनाव जित्ने, पपुलर हुने तर काम गर्न नसक्ने मुख्य समस्या पनि यही हो। अहिले सबलाई नेता हुन सोसल मिडियामा पपुलर हुने होडबाजी चलेको छ, यो पूर्ण रूपमा बन्द हुनुपर्छ। यो सरकारले जसरी मन्त्री छान्यो यसलाई पनि अझै परिष्कृत बनाएर छान्नुपर्छ - सुशीला श्रीमानको सचिवालयमा काम गर्ने सबै साथीहरूलाई धन्यवाद।

खैर हाम्रो देशमा प्रजातन्त्र नाममा लुटतन्त्र, कुसासक , असक्षम, पपुलिस्ट जोकरहरूको शासन गरेको दसकौको बानी परिरहेको छ, विरोधीहरूले कति दिन टिक्न दिने हुन ठेगान छैन। मात्र ६ महिनामा यो सरकारले पनि कति नै पो काम गर्ला र ? तैपनि डर सँगसँगै शुभकामना छ।

जेन जीहरूको माग १०० मा १ पनि पुरा भएको छैन, चनाखो बस्नु होला है। यो सरकारले अझै आन्दोलनको म्यानडेट पाएको छैन। आन्दोलनको धेरै कुरा पुरा हुनै बाँकि छन्। आशा छ सरकारले पुरा गर्नेछ। हामी अझै एकदमै संवेदनशील घडीमा छौँ। अबको २०-३० वर्षमा साँच्चै नै देश कायापलट गरेर मात्र हामी सबै आनन्दले बस्ने हो। एक दुइ पुस्ताले त्याग नगरेसम्म देश बन्दैन ।

Please Login to comment in the post!

you may also like