• Sunday, October 19, 2025

देशभर सार्वजनिक सवारीमा रुट परमिट खुला, असोज २२ सम्म सुविधा


काठमाडौं। चाडपर्वमा यात्रु आवागमन सहज बनाउन आजदेखि देशभरका सार्वजनिक यातायातका साधनमा रुट परमिट खुला गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब गन्तव्यसम्म जानका लागि छुट्टै रुट लिनु नपरी सवारीसाधन सञ्चालन गर्न सकिने छ।

 यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्ने नियम कायम रहनेछ। साथै, खाद्यान्नलगायत अत्यावश्यक वस्तु बाहेकका ठूला ट्रेलर र मालवाहक सवारीलाई नारायणघाटदेखि काठमाडौंसम्म पूर्णिमासम्म प्रवेश रोक्ने निर्णय सरकारको पूर्वनिर्देशअनुसार यथावत रहनेछ। परमिट असोज २२ गतेसम्म लागू रहनेछ।


Please Login to comment in the post!

you may also like