जेनजी आन्दोलनको मर्म केपी शर्मा ओली सिध्याउने मात्र रहेको पछिल्लो परिणामले देखाको राजनीतिक विश्लेषक डा।सुरेन्द्र केसीले दाबी गरेका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा प्रतिशोधबाट भग्नावशेष भएका मानिसहरुलाई उभ्याउन खोजिएको सुरेन्द्रले दाबी गरेका छन् । केपी सरकारले लखेटेका रामेश्वर खनाल, कुलमान, सुशीला र बालेन प्रतिनिधि मात्र सरकारमा रहेकोले गर्दा केपीविरुद्ध प्रतिशोध भएको बताएका छन् ।
उनले भनेका छन्- मुख्य पात्र प्रचण्ड र माधनव नेपाल हुन भन्ने देखिन्छ, यो व्यवस्थापनमा चाही, त्यसपछि चिज सुशीला कार्की भएको ठाउँमा पुगेको पाइनछ । र अहिले जो अन्तरिम सरकार बनेको छ, त्यहाँ प्रतिशोधबाट भग्नावशेष भएका मानिसहरुलाई मात्र उभ्याउन खोजिएको छ । त्यहाँ जेनजीको मान्छे नै छैन् त्यहाँ, अनि यत्रो क्षति, अनि यत्रो किसिमको परिणाम, यो त कल्पना गर्न सकिदैँन नि त, कसैले त यसको अनरसिप त लिर्नुपर्छ हाला नि त ?