• Tuesday, March 3, 2026

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच पहिलोपटक त्रिपक्षीय छलफल आज


काठमाडौँ— आगामी निर्वाचनको वातावरण बनाउन सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’  प्रतिनिधिहरूसँग त्रिपक्षीय छलफल गर्ने भएको छ। बैठक आज (बुधबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ।सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, निर्वाचनको माहोल बनाउनका लागि यो संयुक्त बैठक आयोजना गरिएको हो। उनले भने, “निर्वाचन सफल बनाउन राजनीतिक दल, युवा पुस्ता र सम्बद्ध पक्षहरूसँग चरणबद्ध संवाद जारी छ।”यसअघि कात्तिक ४ गते प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा सबै दलले आवश्यक वातावरण बनाएर निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।

राजनीतिक विश्लेषकहरूले लामो समयपछि भएको औपचारिक संवादले निर्वाचनको माहोल बलियो बनाएको टिप्पणी गरेका छन्।मन्त्री खरेलका अनुसार, सरकारले निर्वाचन तयारीका सबै काम अगाडि बढाएको छ। साथै, निर्वाचन आयोगसँग विभिन्न चरणमा छलफल गर्दै वातावरण निर्माणका लागि निरन्तर समन्वय भइरहेको छ। आयोगले पनि सोही अनुसार आवश्यक तयारी तीव्र पारेको जनाएको छ।

Please Login to comment in the post!

you may also like