• Tuesday, March 3, 2026

पूर्व सांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन पक्राउ


काठमाडौँ— नेकपा एमालेका पूर्व सांसद तथा व्यवसायी देवीप्रकाश भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई मंगलबार साँझ ललितपुरबाट नियन्त्रणमा लिएको हो।

सीआईबी प्रमुख मनोज केसीका अनुसार, भट्टचनविरुद्ध उजुरी परे पनि अघिल्ला समयमा प्रभावका कारण उनी अनुसन्धानको दायरामा आएका थिएनन्।भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले सहकारी ठगी सम्बन्धी जाहेरी दर्ता गराएकी थिइन्।मिडिया "उकालो"ले सार्वजनिक गरेको विस्तृत रिपोर्टअनुसार, प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनले साझेदारको साथमा सहकारीबाट उठाएको करिब एक अर्ब रुपैयाँ आफ्ना विभिन्न व्यवसायमा लगानी गरेका थिए। उक्त रकम प्रभु सहकारीका बचतकर्ताको थियो।रकम अपचलन भएपछि प्रभु म्यानेजमेन्टले भट्टचन समूहलाई रकम फिर्ता गर्न ताकेता गर्दै कानूनी कारबाहीमा जाने चेतावनी दिएको थियो।भट्टचनका विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Please Login to comment in the post!

you may also like