• Friday, October 17, 2025

युवा लघु सिनेमा प्रतियोगितामा ‘ईग्लू’ प्रथम


काठमाडौं – अस्कर अन्तर्राष्ट्रिय कलेजले आयोजना गरेको तेस्रो युवा लघु सिनेमा (सर्ट फिल्म) प्रतियोगिता मा उज्जवल श्रेष्ठ निर्देशित ‘ईग्लू’ ले प्रथम स्थान हासिल गर्दै नगद एक लाख रुपैयाँ जितेको छ। लागूऔषधमा फसेकी बहिनी र उनका दाजुबीचको सम्बन्धलाई स्वैर–काल्पनिक पात्रमार्फत प्रस्तुत गरिएको यस फिल्म निर्णायकको मन जित्न सफल भएको हो।

प्रतियोगितामा सफल रेग्मीको ‘उल्झन’ दोस्रो हुँदै ५० हजार रुपैयाँ, र विप्लव विश्वासको ‘सकर–बकर’ तेस्रो हुँदै २५ हजार रुपैयाँ प्राप्त गरे। प्रविधिक कारणले संकटमा परेको जोडीको कथा ‘उल्झन’मा देखाइएको थियो भने ‘सकर–बकर’ले प्रयोगवादी शैलीमा कथा प्रस्तुत गरेको थियो।

त्यस्तै, जुरी पुरस्कार मिङ्ला लिम्बुको ‘खेने नु आङ्गा’ ले पाएको छ, जसले कवितात्मक शैलीमा दुई युवतीबीचको सम्बन्धलाई चित्रण गरेको छ।

यस वर्ष २० वर्षमुनिका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा ४० भन्दा बढी फिल्म प्राप्त भएका थिए, जसबाट २१ वटा मात्र छनोट भएका थिए।

Please Login to comment in the post!

you may also like