• Saturday, October 18, 2025

जेलबाट निस्केका कैदीबन्दी सडकमा, उजुरी गरेका पीडित परिवारको सुरक्षा जोखिम


काठमाडौ। जेनजीले आव्हान गरेको प्रर्दशनको दोस्रो दिन जेलबाट छुटेका कैदीबन्दीहरु प्रदर्शनकारीसँगै सडकमा देखिएका छन । जेलमुक्त भएपछि सडकमा देखिएका उनिहरुले प्रदर्शनकारीसँगै सहभागि भएर तोडफोडमा लागेका छन ।

प्रर्दशनमा रहेका युवाहरुलाई उत्तेजित गराएर आफुलाई उजुरी गरेका पीडित परिवारमाथिको आक्रमण गर्ने योजनाले उनिहरु सडकमा निस्किएको बुझिएको छ । यसले जेलमा रहेका कैदीबन्दीलाई उजुरी गर्ने परिवारको सुरक्षा जोखिम बढेको छ । राजधानी काठमाण्डौ सेनाले समेत नियन्त्रणमा लिन नसकेपछि प्रर्दशनकारीले तोडफोड र आगजनी जारी राखेका छन ।

प्रहरीलेहरुले आत्मसमपर्ण गरिसकेको अवस्थामा प्रर्दशनकारीले लगाएको आगो निभाउने दमकल समेत चलेका छैनन । सडकमा छटपटाएका घाईतेको उद्दारमा अहिले काठमाण्डौमा एम्बुलेन्स समेत चल्न सकेको छैन ।

नेकपा एमाले र काँग्रेस सरकारका कारण आन्दोलित बनेको जेनजी समुहले पछिल्ला गतिविधी आफ्नो नियन्त्रणबाहिर गईसकेको जनाएको छ ।

नेपाली सेनाको समन्वयमा सैनिक मुख्यालय जंगीअड्डामा मध्यराति जेनजी प्रतिनिधिहरुसँग छलफल हुन लागेको सैनिक उच्च स्रोतले बताएको छ ।

स्रोतका अनुसार, विभिन्न समूहमा रहेका जेनजी प्रतिनिधिले राति प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेर आफ्ना कुराहरु राखेपनि यसलाई सेनाले गम्भीर रुपमा नलिएको जस्तो देखिएको छ । नेपाली सेनाले यो औपचारिक वार्ता नभई जेनजीका धारणाहरु बुझ्ने प्रयासमात्रै भएकाले । औपचारिक वार्तापछि मात्रै कसरी अघि बढ्ने निर्णय लिने बताएको छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहले दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेनजी युवालाई नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहनु भनेका थिए । तर, जेनजीका प्रतिनिधीले सेनाप्रमुखसँग कुरा गर्दा भने बालेन उपस्थित थिएनन ।

भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका युवाले सडक प्रदर्शन घोषणा गरेका हुन ।

सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा २२ जना मारिएका छन । यस्तै प्रर्दशनका क्रममा ३ सय भन्दा बढी घाइते भएका छन । । मंगलबार प्रशासनको कर्फ्यूका बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नारावाजीसहित अन्यत्र हिँडेका थिए ।

पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका ७ सय बढि भौतिक संरचनामा तोडफोड भएको अनुमान छ ।

Please Login to comment in the post!

you may also like