• Saturday, October 18, 2025

काठमाडौंमा दुई दिनको आन्दोलनपछि सामान्य चहलपहल सुरु


काठमाडौं, २५ भदौ २०८२ । दुई दिनको तनावपूर्ण आन्दोलनपछि काठमाडौंमा बुधबार बिहानदेखि सामान्य चहलपहल सुरु भएको छ । पुरानो बानेश्वर, नयाँ बानेश्वर, पुतली सडक र सिंहदरबार क्षेत्रका सडकहरूमा केही गाडी र सर्वसाधारणको आवतजावत देखिएको छ । किराना पसल, तरकारी पसल र डेरीहरू सञ्चालनमा आएका छन्, जसले शहरको अवस्था क्रमशः सामान्य बन्दै गएको संकेत गरेको छ ।मंगलबार भएको जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा क्षति पुगेपछि राति १० बजेदेखि नेपाली सेना र अन्य सुरक्षा निकायहरू परिचालित भएका छन् । सेनाले काठमाडौंका प्रमुख सडकहरूमा गस्ती गरिरहेको छ र सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई भने परिचयपत्र र सोधपुछका आधारमा आवतजावतको अनुमति दिइएको छ ।प्रदर्शनका कारण फोहोर भएका सडकहरूमा ब्रुमरले सफाइ कार्य पनि सुरु भएको छ, जसले शहरको स्वच्छता कायम गर्ने प्रयासलाई तीव्रता दिएको छ ।यसैबीच, भदौ २३ गते भएको जेन-जी आन्दोलनका क्रममा सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको भन्दै आलोचना भएको छ । उक्त दिन १७ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको समाचारले व्यापक चर्चा पाएको छ ।

Please Login to comment in the post!

you may also like