• Tuesday, March 3, 2026

बालेन साेमबार साँझ झापा आइपुगे


राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) साेमबार साँझ झापा आइपुगेका छन् । झापा- ५ बाट उम्मेदवार रहेका बालेन चुनावी घरदैलाे कार्यक्रमका लागि झापा आइपुगेका हुन् । उनले मंगलबारबाट आफ्नाे निर्वाचन क्षेत्र झापा- ५ का मतदातासँग चुनावी भेटघाट सुरु गर्ने जनाइएकाे छ ।

६ माघमा उम्मेदवारी दर्ता गरेका बालेन एक रात दमकमा बास बसेर देश दाैडाहामा निस्किएका थिए । उनले यस क्रममा पूर्वी नेपालकाे इलामदेखि पश्चिम बैतडीसम्म पुगेर फर्किएका हुन् । भावी प्रधानमन्त्रीका उम्मेदवार रहेका बालेन र पूर्वप्रधानमन्त्री केपी ओलीबीच चुनावी प्रतिस्पर्धा तीव्र देखिन्छ ।​​​​​ 

Please Login to comment in the post!

you may also like