काठमाडौं। नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सहभागी हुन मतदाताहरूले साँझ ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरिसक्नुपर्ने भएको छ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान कहिलेसम्म सकिन्छ भन्ने यकिन नभएपछि निर्वाचन आयोगले यस्तो व्यवस्था गरेको हो। आयोगका अनुसार साँझ ५ बजेपछि मतदानस्थलमा प्रवेश गर्ने प्रतिनिधिलाई मतदान गर्न दिइने छैन।
मतदान प्रक्रियामा एक जनालाई औसतमा करिब ३० मिनेट समय लागिरहेको जनाइएको छ। एमालेको नेतृत्व चयनका लागि कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी छन्।