• Tuesday, March 3, 2026

हेटौंडा सडक विस्तार मुद्दामा सर्वोच्चको मिसिल झिकाउने आदेश, पुस २ मा पुनः सुनुवाइ हुने


काठमाडाैं। सर्वोच्च अदालतले हेटौँडा सडक विस्तारविरुद्धकाे मुद्दामा मिसिल झिकाउन आदेश जारी गरेकाे छ। अदालतको इजलास नम्बर २ मा शुक्रबार भएको बहसमा सडक विस्तार‍ सम्बन्धी मुद्दाका मिसिल झिकाउने आदेश भएको हो।

डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध विन्दवासिनी कंसकार समेतले मंसिर १६ गते दायर गरेको रिट निवेदनमाथि सर्वोच्चले सुनुवाइ गर्दै उक्त मुद्दासम्बन्धी विगतमा भएका अदालतकाे निर्णय र विचाराधीन मुद्दाको मिसिल झिकाउन आदेश दिएकाे छ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा आगामी पुस २ गते पेसी तोक्दै अन्य आदेश गरे छन्। उक्त आदेशअनुसार आगामी पेसीमा सो मुद्दाका विगतका निर्णय हरेर छलफल हुनेछ।

Please Login to comment in the post!

you may also like