• Tuesday, March 3, 2026

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् तेस्रोपटक विस्तार, चार नयाँ मन्त्री आज शपथ


काठमाडौं। जेनजी आन्दोलनपछि भदौ २७ मा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन्। प्रधानमन्त्री कार्कीले चारजना मन्त्रीको नाम राष्ट्रपति कार्यालय शीतलनिवास पठाइसकेकाले नवनियुक्त मन्त्रीहरूलाई आजै गोपनीयताको शपथ खुवाइने भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका लागि कुमार इङ्नाम, श्रम तथा रोजगारका लागि राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणका लागि माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि श्रद्धा श्रेष्ठलाई मन्त्री पदको शपथ दिलाइने छ। आजको विस्तारपछि कार्की मन्त्रिपरिषद् १४ सदस्यीय बन्नेछ।

Please Login to comment in the post!

you may also like