सुन–चाँदीको मूल्यमा ऐतिहासिक उछाल, नेपाली बजारमा नयाँ रेकर्ड
-
Dec Sun, 2025
-
in
बिजिनेस प्रेस
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि एकपटक नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यस अघि गत शुक्रबार सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज उल्लेखनीय रूपमा बढ्दै नयाँ रेकर्ड कायम भएको छ। आज चाँदी प्रतितोला २७० रुपैयाँले वृद्धि भई ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा किनबेच भएको थियो। लगातार बढ्दो मूल्यका कारण सुन–चाँदी बजार थप तातेको देखिएको छ।