हिमालय एयरलाइन्सले काठमाडौ दुबई फ्लाइटमा मनोमानी गरेको पाइएको छ। दुबई जाने यात्रु जहाज क्षमता भन्दा बढि टिकट बिक्रि यात्रु लाई बोर्डिङ पास दिने स्थान बाटै फर्काइएको पाइएको हो। यहि क्रम लाई निरन्तरता दिदै शनिबार बिहान को हिमालय एयरलाइन्स को एच ७५७ कल साइनको जहाज मा कयौं यात्रु हरु ओभरबुकिङ को नाम मा फिर्ता पठाइएको हो। घर बाट बिदा भएर हिड्को मान्छे फेरि घर मै जान अप्ठ्यारो लागेको एक यात्रु ले गुनासो गरे।"ओभर बुकिङ भन्ने जान्दाजान्दै कसरी कन्फर्मेसन आयो बुझ्न सकिएन",ती यात्रु ले भने। यस बारे बिमानस्थल प्रवक्ता सुभास झा लाई प्रश्न गर्दा यो काम हाम्रो नभएको भन्दै पन्छिए। नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण को मिलेमतो मा यो भैरहेको हुन सक्ने आशंका गरिएको छ। यात्रुको समयको प्रवाह नगरी मनपरि गर्दा दिगो रुपमा यात्रु एयरलाइन्स र बिमानस्थल प्रती नकारात्मक हुने यो क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।