हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङले आफू सत्यबाट कहिल्यै नडराउने बताएका छन्। आइतबार छानबिन आयोगमा उपस्थित भएका गुरुङले आफूहरूमाथि लगाइएका आरोपहरूको सत्य–तथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको बताएका हुन्। उनले हामी नेपालसँग आबद्ध आर्थिक कारोबारसम्बन्धी हालसम्मका सम्पूर्ण कागजातसहित छानबिन आयोगमा उपस्थित भएको उल्लेख गर्दै आरोप होइन, प्रमाण बोल्नुपर्नेमा जोड दिए। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले छानबिनमार्फत सत्य उजागर हुनेछ भन्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन्।