• Tuesday, March 3, 2026

सुशासन र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार दृढ : प्रधानमन्त्री कार्की


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई केवल चुनावी सरकारको रुपमा सीमित नभई सुशासन स्थापनाका साथै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने दृढ सङ्कल्पका साथ अघि बढिरहेको बताएकी छन्।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित ‘भ्रष्टाचारविरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवस’ कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले उठाएका माग र अपेक्षाका आधारमा बनेको सरकारले नियमित कार्यसँगै भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको स्पष्ट पारिन्।

उनका अनुसार जनआकाङ्क्षाअनुरूपका उपलब्धि हासिल हुन केही समय लागे पनि भ्रष्टाचारविरुद्ध आवश्यक परे जोसुकै तहमा कठोर कदम चाल्न सरकार पछि नहट्नेछ। “यसका लागि राज्यका स्थापित संयन्त्रहरू सक्रियरूपमा अघि बढिरहेका छन्,” प्रधानमन्त्री कार्कीले भनिन्।

प्रधानमन्त्री कार्कीले पछिल्ला कदमबाट अत्तालिएर केही तत्त्वहरूले प्रत्यक्ष–परोक्ष धम्की दिने गरेको उल्लेख गर्दै यस्ता दबाबबाट सरकारले कतै नडराई अघि बढ्ने दृढता व्यक्त गरिन्। उनले सम्बन्धित निकायका पदाधिकारी तथा राष्ट्रसेवकहरूलाई पनि विचलित नहोन र व्यावसायिक स्वतन्त्रतासहित निर्भीक भएर काम गर्न आह्वान गरिन्।

Please Login to comment in the post!

you may also like