• Tuesday, March 3, 2026

डीडीसी र निजी डेरीले दुग्ध किसानलाई करिब ४ अर्ब बक्यौता भुक्तानी


काठमाडौं। दूध बिक्री गरेको रकम नपाएपछि आन्दोलनमा उत्रिएका दुग्ध किसानलाई दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीहरूले करिब ४ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गरेका छन्।

डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार संस्थानले साउन महिनासम्मको बक्यौता भुक्तानी गरिसकेको छ भने डेढ अर्ब रुपैयाँ अझै किसानलाई दिन बाँकी छ। निजी डेरीहरूले पनि करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरी अब एक महिनाको मात्र बक्यौता राखेका छन्।

डीडीसीले हाल दैनिक एक लाख लिटर दूध संकलन गर्छ भने बजारमा दैनिक ८० हजार लिटर दूध बिक्री गर्दै आएको छ। बाँकी २० हजार लिटर दूध पाउडरका रूपमा भण्डारण गरिने गरेको संस्था जनाएको छ।

Please Login to comment in the post!

you may also like