• Tuesday, March 3, 2026

उनेपा–रास्वपा एकता टुटे पनि रिमा विश्वकर्मा रास्वपामै, समानुपातिक सूची यथावत्


काठमाडौं। कुलमान घिसिङको नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टी (उनेपा) की नेतृ तथा कलाकार रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मै रहने भएकी छन्।

रास्वपाले आइतबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको अद्यावधिक बन्दसूचीमा विश्वकर्माको नाम यथावत् राखिएको छ। उनी दलित क्लस्टरतर्फ महिलाको कोटामा पहिलो नम्बरमा समावेश छिन्।

शनिबार मात्रै उनेपाले रास्वपासँग गरिएको एकता भंग गर्ने औपचारिक निर्णय गरेको थियो। त्यसपछि रास्वपा र उनेपा अलग-अलग रूपमा निर्वाचन प्रक्रियामा अघि बढेका छन्। एकता टुटेपछि रास्वपाले आजै निर्वाचन आयोग पुगेर बन्दसूची अद्यावधिक गरेको हो, जसमा विश्वकर्माको नाम निरन्तरता दिइएको छ।

उनेपा स्थापना हुँदा रिमा विश्वकर्माले पार्टी अध्यक्ष कुलमान घिसिङको खुलेर प्रशंसा गरेकी थिइन्। तर, रास्वपासँग १२ दिन मात्रै टिकेको उनेपाको एकतापछि उनी उक्त पार्टीबाट अलग भइ रास्वपामै रहने निर्णयमा पुगेकी हुन्।

रास्वपाले विश्वकर्मालाई निरन्तरता दिनु पार्टीभित्र उनको राजनीतिक हैसियत र प्रतिनिधित्वलाई महत्वपूर्ण रूपमा लिइएको संकेतका रूपमा हेरिएको छ।

Please Login to comment in the post!

you may also like