काठमाडौँ – महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको क्रममा संस्थापन पक्षले भने ‘पर्ख र हेर’ रणनीति अपनाएको छ। सोमबारदेखि सुरु हुने महाधिवेशनले निर्णय गरेपछि मात्र उनीहरूले आफ्नो कदम अघि बढाउने तयारी गरेका छन्।विशेष महाधिवेशन चलिरहँदा आइतबार साँझ संस्थापन पक्षका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवासँग व्यक्तिगत भेटघाट गरी आगामी रणनीतिबारे छलफल गरेका थिए।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, “हामीले अहिले कुनै ठोस रणनीति बनाएका छैनौँ। महाधिवेशन कसरी अगाडि बढ्छ, त्यसअनुसार मात्र हाम्रो निर्णय हुनेछ।” उनले संस्थापन पक्ष कानुनी रूपमा बलियो रहेको र आगामी निर्णय विशेष महाधिवेशनले गर्ने निर्णय अनुसार मात्र अघि बढ्ने पनि बताए।