• Saturday, October 18, 2025

बानेश्वरमा अराजकता मच्चाउने समूहलाई नेपाली सेनाले नियन्त्रणमा लियो


काठमाडौं। काठमाडौंको बानेश्वर क्षेत्रमा अराजकता फैलाउने समूहलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सेनाले राति १० बजेदेखि सुरक्षा व्यवस्थाको जिम्मा सम्हालेको र सोही क्रममा अराजक गतिविधिमा संलग्न केही युवाहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई नियन्त्रणमा लिई घुँडा टेकाएको भिडियो समेत सार्वजनिक भएको छ।

अवस्थालाई सामान्य बनाउन सेना परिचालन गरिएको र यस कार्यमा जनता तथा प्रदर्शनकारीहरूलाई सहयोग गर्न सेनाले अपिल पनि गरेको छ।

यो घटनाको थप विवरण आउन बाँकी छ।

Please Login to comment in the post!

you may also like