• Saturday, October 18, 2025

पूर्वप्रधानन्यायाधीशसहित १२ जनाले भने : अब अति भयो, शान्ति कायम गरौं


काठमाडौ।सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, शिक्षाविद् र अधिकारकर्मीहरूले संयमता अपनाउन र शान्ति कायम गर्न आह्वान गरेका छन्। मंगलबार संयुक्त अपिल जारी गर्दै उनीहरूले आगजनी, तोडफोड, लुटपाट र सांघातिक आक्रमणप्रति चिन्ता व्यक्त गरेका हुन्।  

उनीहरूले व्यवस्थापिका संसद्, न्यायपालिका, कानुन कार्यान्वयन निकाय, व्यापारिक प्रतिष्ठान र मिडियागृहमाथिका आक्रमणले हामीलाई कहीँ नपुर्‍याउने बताएका छन्। मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की, केदारभक्त माथेमा, वीरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक, कृष्ण खनाल, कृष्ण पोख्रेल, हरि शर्मा, मोहना अन्सारी र चरण प्रसाई छन्।

Please Login to comment in the post!

you may also like