• Saturday, October 18, 2025

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने


काठमाडौ २४,भदौ २०८२ – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। सोमबार र मंगलबार देशभर चर्किएको जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बारेमा जानकारी दिन उनले आज साँझ सम्बोधन गर्न लागेका हुन्।

नेपाली सेना स्रोतका अनुसार, प्रधानसेनापति सिग्देलले हालको अस्थिरता, जेनजी आन्दोलन र राष्ट्रिय सुरक्षाको विषयमा आफ्नो धारणा प्रस्तुत गर्नेछन्। जेनजी प्रदर्शनका क्रममा भएको हिंसा, सार्वजनिक सम्पत्तिको क्षति र केही स्थानमा भएको झडपपछि उनको सम्बोधनलाई महत्वपूर्ण मानिएको छ।

यसअघि नेपाली सेनाले सार्वजनिक अपिल जारी गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयमित हुन सबैलाई अनुरोध गरेको थियो। प्रधानसेनापतिको सम्बोधन साँझ ७ बजे पछि नेपाली सेनाको केन्द्रीय कार्यालयबाट प्रसारण हुने बताइएको छ।

Please Login to comment in the post!

you may also like