• Thursday, March 5, 2026

'मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ'


हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमा तीव्र अभियान चलाएका छन् । फेसबुकमार्फत् उनले गृहमन्त्रीको राजीनामा माग्दै 'मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ' शीर्षकको पोस्टर साझा गरेका हुन्, जसमा तीनवटा ह्यासट्यागहरू समेत उल्लेख छन् । यसअघि गुरूङले फेसबुकमै लेख्दै गृहमन्त्रीको लाचारीपनका कारण बारामा जनजीहरू माथि कुटपिट भएको आरोप लगाएका थिए । उनले भनेका छन्, 'गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट र जनजी भाइबहिनीहरूको बलिदानबाट पदमा पुगेको कुरा बिर्सेको देखेर लाज पनि लजाइसक्यो । यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारी र हत्याराहरूलाई कारबाही गर्न सक्दैनन् भने, परिवर्तनका योद्धाहरूमाथि आक्रमण हुँदा चुप लागेर बस्छन् र उल्टै देशप्रेमीहरूलाई पक्राउ गर्छन् भने, मलाई पनि पक्राउ गर भन्ने राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु ।' यो अभियानले राजनीतिक वातावरणमा नयाँ तरंग ल्याएको छ

Please Login to comment in the post!

you may also like