काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई शनिबार भारत भ्रमणमा प्रस्थान गरेका छन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेको केही समयमै उनको यो पहिलो औपचारिक भारत भ्रमण हो ।
भारतमा उनले बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ । आईआईटी बम्बईको टेक फेस्टमा र नयाँदिल्लीको इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन् । स्वकीय सचिव रेखी गुरुङले जारी प्रेस नोटमा यो उल्लेख छ ।भट्टराई पुस ९ गते नेपाल फर्कने तालिका छ । यो भ्रमणले उनको पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुर्याउनेछ ।