• Tuesday, March 3, 2026

एमालेले संसद् विघटन असंवैधानिक भन्दै अदालत जाने निर्णय


काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ। भक्तपुरको गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकले अदालत खुल्नासाथ मुद्दा दायर गर्ने निर्णय गरेको हो।एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापनाका लागि अदालत जाने जानकारी दिएका छन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘अहिलेका कुनै पनि गतिविधि चुनाव उन्मुख छैनन्।

यो विघटन नै असंवैधानिक भएकाले त्यो पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग छ। अदालत खुलोस्, अनि हामी जान्छौं।’

Please Login to comment in the post!

you may also like