• Friday, October 17, 2025

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त रजिष्ट्रार पदमा लक्ष्मीचन्द्र महत नियुक्त


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त रजिष्ट्रार पदमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाको सिफारिसमा महतलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्। जुम्लाको चन्दननाथ नगरपालिकाका स्थायी बासिन्दा महतले त्रिभुवन विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा विद्यावारिधि गरिरहेका छन्।

उनीसँग विगत साढे दुई दशकदेखि नेपाल सरकारका विभिन्न द्विपक्षीय र बहुपक्षीय परियोजना/कार्यक्रमहरूमा व्यवस्थापकीय जिम्मेवारीको अनुभव रहेको छ।

Please Login to comment in the post!

you may also like