• Saturday, October 18, 2025

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, मुद्दा फाँटका नासु २ लाख नगदसहित नियन्त्रणमा


मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। बुधबार अख्तियारको टोलीले धुलिखेलस्थित मालपोत कार्यालयमा छापा मार्दा मुद्दा फाँटका कर्मचारी (नायब सुब्बा) ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले यो कारबाहीको पुष्टि गरेका छन्।

यो छापा घुस लेनदेनको आशंकामा भएको बताइएको छ, तर थप विवरण खुलाइएको छैन। अख्तियारले अनुसन्धानलाई अघि बढाइरहेको छ।

Please Login to comment in the post!

you may also like