काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको भन्दै कडा आपत्ति जनाएको छ।प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकालले सत्तारुढ दलहरूले अख्तियारलाई आफ्नो नियन्त्रणमा राखेर “सेपमा राखेको” आरोप लगाए।सांसद ढकालले भने :"अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको छ। साइजमा राखिएको छ। ०८४ पछि यो रहँदैन।"उनले थपे कि, अख्तियारलाई दलहरूको हातको कठपुतली बनाएर वास्तविक भ्रष्टाचारविरुद्धको कारबाही असम्भव भएको छ।
ढकालले हाल चर्चामा रहेको भिजिट भिसा प्रकरणलाई स्मरण गर्दै आफूहरू ९५ दिनदेखि सदनमा आन्दोलनरत रहे पनि सत्ता पक्षले त्यसलाई बेवास्ता गरेको गुनासो गरे। "हामीले उठाएको मुद्दा सुन्ने कोही छैन। सदनमा दुई मिनेट बोलेको कुरा बंग्याउन सत्तापक्षले घण्टौँ समय खर्चिन्छ," उनले आरोप लगाए।विरोधको आवाजलाई दबाउने प्रवृत्तिले लोकतन्त्र नै खतरामा परेको उनको चेतावनी थियो।"विरोधको आवाजलाई बन्देज गरेर लोकतन्त्र बाँच्दैन। दलीयकरणकै कारण लोकतन्त्र माथि छायाँ परेको छ। ०८४ मा आम नागरिकले यो शैली सम्झनेछन्," ढकालले भने।