भ्रामक सूचना प्रवाह गरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाएर अवैध लाभ लिएको आरोपमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई शुक्रबार काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार अग्रवालले जोशी हाइड्रोपावर कम्पनीको सेयरबारे गलत तथा भ्रामक सूचना सार्वजनिक गर्दै सेयरको मूल्य अस्वाभाविक रूपमा बढाएका थिए। त्यसपछि उच्च मूल्यमा सेयर बिक्री गरी उनले करिब ४९ लाख १९ हजार रुपैयाँ बराबरको अवैध लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।