मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाको शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेश सभामा पेस गरिएको विश्वासको प्रस्तावमा सहभागी भएका सबै सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् ।
शुक्रबार सभाको बैठकमा विभिन्न दलका ९२ जना सांसद उपस्थित थिए । विपक्ष वा तटस्थमा एकजनाको पनि मत नपरेपछि मुख्यमन्त्री यादवले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको उपसभामुख बबिताकुमारी राउत ईश्वरले घोषणा गरिन् ।