• Tuesday, March 3, 2026

मन्त्री कुलमान घिसिङ : जथाभावी लगानीले होइन, प्राथमिकतामा आधारित विकासले देश समृद्ध हुन्छ


ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विकासको नाममा जथाभावी लगानी भइरहेको बताएका छन्। पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित छलफल कार्यक्रममा बोल्दै उनले प्राथमिकताका आधारमा विकास अघि नबढाई भ्यूटावरजस्ता क्षेत्रमा अर्बौँ रुपैयाँ लगानी गर्दा देश समृद्ध नबन्ने स्पष्ट पारे।

उनले घरघरमा विद्युत् पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको उल्लेख गर्दै यसले उत्पादन लागत घटाएर किसानलाई सहज बनाउने बताए। यसै क्रममा उनले पश्चिम नवलपरासीका विभिन्न स्थानमा निर्माणाधीन अधुरा आयोजनाको अवलोकन गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए। साथै प्रतापपुर गाउँपालिका–७ गुठ्ठीसूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको निरीक्षण गर्दै टर्वाइनलगायत उपकरण छिट्टै मर्मत गरी विद्युत् उत्पादन बढाउन निर्देशनसमेत दिएका छन्।

Please Login to comment in the post!

you may also like