• Sunday, April 5, 2026

काठमाडौँमा प्रहरीको 'स्विप अपरेसन': बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने सानुभाइसहित १८ गुन्डा पक्राउ


काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सहरमा बढ्दो गुन्डागर्दी नियन्त्रण गर्न सुरु गरेको विशेष 'अपरसन'का क्रममा कुख्यात ग्याङस्टर सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार रातिदेखि चलाइएको यस अभियानअन्तर्गत गुरुङलाई सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउ परेका ३३ वर्षीय गुरुङ नुवाकोटको ककनी गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् र हाल टोखाको सूर्यदर्शन हाइटमा बस्दै आएका थिए। प्रहरीका अनुसार उनी विगतमा इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार श्रेष्ठ 'घैँटे'का निकटका सहयोगी हुन्। घैँटेको मृत्युपछि असुरक्षित महसुस गर्दै सानुभाइले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको र पटक–पटक आपराधिक क्रियाकलापमा संलग्न भई पक्राउ पर्ने गरेको प्रहरी रेकर्डमा देखिन्छ।
जिल्ला प्रहरी परिसरले शुक्रबार राति मात्रै अन्य १७ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको र गुन्डागर्दीविरुद्धको यो अभियानलाई अझ सशक्त बनाइने प्रहरीले जनाएको छ।

Please Login to comment in the post!

you may also like