• Tuesday, March 3, 2026

नेपाल एयरलाइन्सका अध्यक्ष विक्रम राईद्वारा राजीनामा


नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का अध्यक्ष विक्रम राईले आइतबार पदबाट राजीनामा दिएका छन्। स्वास्थ्यसम्बन्धी समस्या तथा प्रधानमन्त्री सुशीला कार्कीबाट तोकिएको जिम्मेवारी पूरा भइसकेको उल्लेख गर्दै उनले पर्यटन मन्त्रालयमा राजीनामा पेस गरेका हुन्। अध्यक्ष राईलाई प्रधानमन्त्री कार्कीद्वारा कात्तिक १२ गते एक महिनाका लागि जिम्मेवारी दिइएको थियो। उक्त अवधि नोभेम्बरको अन्त्यमा सकिए पनि निगमसँग सम्बन्धित इन्जिनसम्बन्धी विषय टुंगोमा नपुगिसकेकाले उनी निरन्तर अध्यक्षका रूपमा कार्यरत थिए। आफ्नो कार्यकालमा निगमको इन्जिनसम्बन्धी विषयमा इजरायलको एक कम्पनीसँग आइतबार एमओयू सम्पन्न भएको जानकारी पनि राईले दिएका छन्।

Please Login to comment in the post!

you may also like