काठमाडौं। नेपाली कांग्रेस गोरखा २ का क्षेत्रीय सभापति गोविन्द गुरुङले गगन थापा र विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन्।
काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै नेता गुरुङले विशेष महाधिवेशनको माग राख्दै महामन्त्रीसमेत रहेका थापाको पक्षमा वकालत गरेका हुन्।
उनले भने, ‘कसैको नाम लिँदा पनि हामी अलमलिएको जस्तो देखिएको छ। अबको विकल्प भनेको हामीले भन्नलाई लाज मान्न हुँदैन। आम युवाले अब गगन थापाको विकल्प छैन। म उद्घोष गर्न चाहन्छु। अब विशेष महाधिवेशनको पनि विकल्प छैन।’
उनले संस्थापन पक्षका नेतामाथि भ्रष्टाचारमा लिप्त भएर अझै केही अवसर लिन सकिन्छ भनेर नेतृत्व अघि बढेको आरोप लगाए।