• Wednesday, March 4, 2026

नेप्से ९ अंकले उक्लियो, कारोबार ६ अर्ब ६९ करोड नाघ्यो


काठमाडौं। आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुधार हुँदै बन्द भएको छ। साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार बढेर बन्द भएको हो। आज सेयर बजार ९ अंकले बढेर बन्द भएको हो। यसअघि मंगलबार ५ अंकले बढेको थियो। लगातार बजार बढेसँगै आज २६६५ अंकमा पुगेको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा समेत सुधार आएको छ। मंगलबार पाँच अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा आज ६ अर्ब ६९ करोड मूल्यको सेयर किनबेच भएको छ। आज कूल १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर बसेको छ।

 आज झापा इनर्जी लिमिटेड, सागर डिस्टिलरी लिमिटेड स्वतिक लघुवित्त वित्तीय संस्था र श्रीनगर आक्रिच कम्पनीको मूल्यमा सर्किट लागेको छ। आज सबैभन्दा बढी गुमाउनेमा बोटर्लस नेपाल (बालाजु) रहेको छ।

Please Login to comment in the post!

you may also like